प्रदेशसभा सदस्य लामिछानेको निधन ।।



सैघाली खबर/काठमाण्डौँ, ३१ बैशाख।
प्रदेशसभा सदस्य हरिशरण लामिछानेको ५१ वर्षको उमेरमा सोमवार निधन भएको छ । लामिछाने प्रदेश ३ वाट निर्वाचित भएका थिए । लामिछानेको सिनामंगलमा रहेको केएमसी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । सोमबार मष्तिस्कघात भएपछि उपचारका लागि उनलाई अस्पताल लगिएको थियो ।

२०२४ फागुन ११ गते जन्मिएका लामिछाने भक्तपुर क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्यमा निर्वा्चित भएका थिए । उनको पार्थिव शरीरलाई दिउँसो साढे २ बजेदेखिअन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिने र ४ बजे अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । लामिछाने एमालेको भक्तपुर जिल्ला कमिटिका सचिव पनि थिए । लामिछानेका एक श्रीमती, छारा र छोरी छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्