नेपाल बैँकले तोक्यो आजको बिनिमय दर ।।



सैघाली खबर/काठमाण्डौँ, १ जेठ।
नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ७२ पैसा र विक्रिदर २८ रुपैयाँ ८८ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ५८ पैसा र विक्रिदर २९ रुपैयाँ ७५ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ३३ पैसा र विक्रिदर २९ रुपैयाँ ४९ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २७ पैसा र विक्रिदर २७ रुपैयाँ ४२ रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०८ पैसा र विक्रिदर १० रुपैयाँ १४ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५७ रुपैयाँ २९ पैसा छ भने विक्रिदर ३ सय ५९ रुपैयाँ २८ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८५ रुपैयाँ ६३ पैसा र विक्रिदर २ सय ८७ रुपैयाँ २२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्