सैघाली खबर
दाङ,२ जेठ
दाङमा एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छिन् । जिलाको घोराही उपमहानगरपालिका १७ की १७ वर्षिया दीपा परियारले गयराति झुण्डिएर आत्महत्या गरेकी हुन् । घर नजिकै रहेको पिपलको रुखमा झुण्डिएको अवस्था परियार फेला परेको बुबा दशरथ परियारले जानकारी दिए ।
सँगै सुतेकी दिदी ओछ्यानमा नभेटिदा खोज्न बाहिर निस्कदा रुखमा झुण्डिएको अवस्थामा बहिनीले फेला परेर परिवारका अन्य सदस्यलाई बोलाएकी थिइन् । मृतक परियारको शवलाई पोष्टमार्टमका लागि राप्ती उपक्षेत्रीय अस्पलातमा राखिएको प्रहरीले जनाएको छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।