उत्तर कोरिया र दक्षिण कोरियाबीच आज हुने भनिएको उच्चस्तरीय वार्ता रद्द



सैघाली खबर
काठमाण्डौं,२ जेठ

उत्तर कोरिया र दक्षिण कोरियाबीच आज हुने भनिएको उच्चस्तरीय वार्ता रद्द भएको छ । अमेरिका र दक्षिणकोरियाबीचको सैन्य अभ्यासको विरोधमा उत्तर कोरियाले रद्द गरेको हो ।उत्तर कोरियाली नेता किम जोन उहाँले अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यास जारी रहेको भन्दै त्यसप्रति असन्तुष्टी जनाउँदै वार्ता रद्द गरेको उत्तरकोरियाली सरकारी समाचार संस्था केसीएनएले जनाएको छ ।

यी दुई राष्ट्रबीच पनमुनजोममा आज उच्चस्तरीय वार्ता गरी विगतमा दक्षिण र उत्तर कोरियाका दुई नेताबीच भएको ऐतिहासिक वार्ताका क्रममा भएका सहमतिलाई कार्यान्वयन गर्ने योजना थियो ।उत्तर कोरियाको यो निर्णयले आगामी जुन १२ मा अमेरिकासँग हुने भनिएको वार्ता पनि अन्यौलमा परेको छ ।उत्तर कोरियाको यो निर्णयप्रति दक्षिण कोरियाको कुनै प्रतिक्रिया आएको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्