सैघाली खबर,
काठमाडौं, २ जेठ । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न सत्तारुढ दल एमालेको स्थायी समिति बैठक आज बस्दै छ ।
बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यलय वालुवाटार बस्नेछ । बैठकमा माओवादी केन्द्रसँगको पार्टी एकीकरणका बारेमा पनि छलफल हुनेछ ।
बैठकमा जेठ ७ गते सरकारको ल्याउन लागेको नीति तथा कार्यक्रमका विषयमा पनि छलफल हुने एमालेले जनाएको छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।