अपरान्ह ४ बजे नयाँ पार्टी घोषणा, नयाँ पार्टीको पहिलो बैठक पनि आजै ।।



सैघाली खबर/काठमाण्डौँ, ३ जेठ।
नेकपा एमाले र नेकपा माओवादीको पार्टी एकता संयोजन समिति बैठक केही बेरअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सकिएको छ । बैठकले दुई दलबीचको एकताका यसअघि दुई पार्टीमा भएका निर्णयलाई अनुमोदन गर्दै आजै अपरान्ह ४ बजे नयाँ पार्टी घोषणा गर्ने निर्णय गरेको छ ।

बैठकले एकतापछिको नयाँ पार्टीको पहिलो बैठक पनि आजै बस्ने निर्णय गरेको छ । यसअघि दुई पार्टीका नेताले मदन भण्डारी र जीवराज आश्रितको २५ औँ स्मृति दिवसका असवरमा एमालेको पुरानो कार्यालय मदननगर बल्खु पुगेर माल्यार्पण गरेका थिए ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्