नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा



सैघाली खबर
काठमाण्डौं ,४ जेठ

नवगठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा रहने भएको छ । पार्टीका जनसङ्गठन र जनसम्पर्कका कामहरु भने पेरिसडाँडाबाट हुने नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताउनुभयो । धुम्बाराहीमा पहिले पासाङल्हामु पर्वतारोहण प्रतिष्ठान रहेको स्थानमा तत्कालीन नेकपा(एमाले) को अस्थायी र पेरिसडाँडामा नेकपा(माओवादी केन्द्र)को केन्द्रीय कार्यालय रहेको थियो । आज विघटित पार्टीका सूचनापाटीहरु झिकिने बताइएको छ । निर्वाचन आयोगमा बिहीबार दर्ता भएको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी र दर्ता नं पाँच हजार ६६६ रहेको कार्यालय सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्