ट्रयाक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु ।।



सैघाली खबर/सुर्खेत, ४ जेठ।
ट्रयाक्टरले ठक्कर दिँदा पैदल हिँडिरहेकी एकजना वृद्धाको मृत्यु भएको छ । सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१० नारायण पेट्रोलपम्प अगाडि पैदल हिँडिरहेका बेला ट्र्याक्टरले ठक्कर दिँदा तातोपानी गाउँपालिका–४ जुम्ला बस्ने ६२ वर्षीया मनशा पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामप्रसाद चौधरीले बताएका छन् ।

सुर्खेतको झुप्राबाट वीरेन्द्रनगरतर्फ आइरहेको भे १ त ६८६७ नंम्वरको ट्रर्याक्टरले साइडमा हिँडिरहेका बेला ठक्कर दिँदा पाण्डेको मृत्यु भएको प्रवक्ता चौधरीले जानकारी दिएका छन् । ट्र्याक्टर चालक प्रेमराज घर्तीलाई अनुसन्धानका लागि पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्