दाङका ६ स्थानमा मतगणन शुरु



दाङ,
१५, असार 

 

Matgadana-290x192

असार स्थानीय तह निर्वाचन अन्तर्गत दाङका ६ वटा गाउँपालिकाहरुमा मतगणना जारी छ । राप्ती, गढवा, राजपुर, बंगलाचुली, शान्तिनगर र दंगिशरण गाउँपालिका मतगणना भइरहेको छ ।

गएराती देखी नै गढवामा मत गन्नेकाम सुरुभएको हो दाङको सबैभन्दा धेरै मतदाता भएको गाउँपालीका राप्ती गाउँपालिकामा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ । आदर्श मावि लालमटियाको नयाँ भवनमा वडा नम्बर ९ बाट मतगणना सुरु गरिएको छ । २२५ मतगणता सकिँदा वडा अध्यक्ष पदमा माओवादी केन्द्रले ८९ मत पाएको छ । कांग्रेसको ७५ र एमालेको २६ मत छ ।

राप्रपाका उम्मेदवारले २ मत पाएका छन् । यसैगरी उपाध्यक्ष पदमा माओवादी केन्द्रको ९०, कांग्रेसको ७३, एमालेको २७ र राप्रपाको २ मत परेको मुख्य निर्वाचन अधिकृत लालमणि ओझाले जानकारी दिका छन् ।

त्यस्तै अन्य घोराही र तुलसीपुर उपमहानगरपालिकाको मत भने ७ बजेपछिबाट गनिने भएको छ । यसैगरी लमही नगरपालिका सहित अन्य ४ गाउँपालिकामा पनि मत गन्ने तयारीका लागि सर्बदलिय बैठक बसिरहेको छ । २ लाख ९१ हजार १ सय ७५ जना मतदाता रहेको दाङमा २ लाख १८ हजार ३ सय ३९ मत अर्थात ७४ दशमलब ९९ प्रतिशत मत खसेको निर्वाचन कार्यालय दाङले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्