सरकारलाई सभामुखको ध्यानाकर्षण ।।



सैघाली खबर/काठमाण्डौँ, ४ जेठ।
सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाँएको राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सभामुख महराले देशका विभिन्न स्थानमा महिला हिंसा बढेको, बाढीपीडित र भुकम्पपीडितले उचित राहत नपाएको जस्ता विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएको भन्दै सो विषयमा सरकारको धारणा मागेका हुन् । सांसदहरुको मागलाई गम्भीरतापुर्वक लिई कार्यान्वयन गर्न सभामुख महराले सरकारलाई ध्यानाकर्षण गराएका छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्