जापानले नेपाललाई उपलब्ध गराउने भयो ६८ करोड ।।



सैघाली खबर/काठमाण्डौँ, ४ जेठ।
जापान सरकारले नेपालको आर्थिक र सामाजिक विकास कार्यक्रमका लागि ६८ करोड ३२ लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ । जापान सरकारले यस प्रकारको आर्थिक सहयोग यसअघि पनि उपलब्ध गराउँदै आएको थियो । आज अर्थ मन्त्रालयमा जापानी राजदूत मासासी ओगवा र अर्थ सचिव डा. राजन खनालले सहायता सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि आयोजित कार्यक्रममा अर्थमन्त्रालयका सचिव डा. खनालले आर्थिक सहायता रकम प्राकृतिक विपद्बाट क्षति भएका संरचना निर्माण र बाढीपहिरो नियन्त्रणमा खर्च गरिने बताएका छन् । जापानी राजदूत ओगवाले प्राकृतिक विपद्मा परेका नेपाली जनताको विकासमा सहायता रकमले मद्दत पुगोस् भन्ने चाहाना रहेको बताएका हुन् । जापान र नेपाल प्राकृतिक विपद्मा परिरहने मुलुक हुन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्