‘अघोषित लोड सेडिङ’



गिरिराज नेपाली
दाङ, ५ जेठ । दिनानुदिन बढ्दै गइरहेको गर्मी र अघोषित रुपमा हुने लोड सेडिङले आम उपभोक्ताहरुको दैनिकी निकै कष्टकर बन्दै गइरहेको छ । सरकारले आधिकारिक लोड सेडिङ नगरे पनि अघोषित लोड सेडिङ घण्टैपिच्छे हुने गरेको छ । घण्टंैपिच्छे हुने अघोषित लोड सेडिङले आम उपभोक्ताहरु ग्रसित छन । घण्टैपिच्छे झ्याप्प झ्याप्प जाने विद्युत सेवाले आम उपभोक्ताहरुमा मात्रै होईन अत्यावश्यक सेवा क्षेत्रहरु अस्पताल, यातायात , सञ्चार लगायतका प्रभावित बन्ने गरेका छन ।


घोराही उपमहानगरपालिका– १५ कुलराज चौधरीले अनियमित विद्युत सेवाले दैनिकी र कामकाज निकै कष्टकर बनाएको बताउनुभयो । आधिकारिक लोड सेडिङ नभए पनि दैनिक गर्नुपन कामकाज संगै दैनिकीको भातभान्साामा समेत प्रभावित पारेको बताउनुभयो । ‘दिनानुदिन बढ्दै गइरहेको गर्मी र अघोषित लोड सेडिङले दैनिकी निकै कष्टकर बनेको छ । ’ उहाँले बताउनुभयो ।

मगका आधारमा विद्युत आपूर्ति कमि भएकाले विद्युत सेवा अनियमितता भइरहेको नेपाल विद्युत प्राधिकरण घोराही वितरण शाखाका सुचना अधिकारी बम बहादुर बुढाथोकीले बताउनुभयो । ओधर लोडका कारण आधिकारिक लोड सेडिङ नभउ पनि आन्तरिक लोड सेडिङको समस्या अन्त्य हुननसकेको उहाँको भनाई छ । प्रसारण लाईन क्षमता कमि, आपूर्ति भन्दा माग वढि र स्रोत अभावका कारण उपभोक्ताहरुले अघोषित लोड सेडिङको समस्या भोग्नु परेको उहाँले बताउनुभयो । मागका आधारमा आपूूर्ति कम भइरहेकाले सिस्टम बचावटका लागि आन्तरिक लोड सेडिङ गर्नुपर्ने वाध्यता रहेको सुचना अधिकारी बुढाथोकीले बताउनुभयो । ओभर लोडले सिस्टम फाल्ने भएकाले बेलाबेला विद्युत सेवा बन्द हुने उहाँले बताउनुभयो ।

लमही ग्रिड वाट घोराही सम्म ल्याइ पु¥याउने प्रसारण लाईको क्षमता मागको आधारमा कमि र पुराना भएकाले विद्युत अनियमितताको समस्या चुलिदै गइरहेको उहाँले बताउनुभयो । अघोषित लोड सेडिङको समस्या अन्त्यका घोराहीको झिङ्नी र पश्चिम हापुरेमा निर्माणाधिन दुई वटा एक सय ३३ केभी सब स्टेशन निर्माण सम्पन्न स्रोतको बृद्धि भइ समस्यामा समाधान हुने उहाँले बताउनुभयो । घोराही वितरण केन्द्रवाट दाङ सहित चार जिल्लामा विद्युत प्रसारण गरिएकाले अभावको स्थिति निर्माण हुदै गइरहेको उहाँले बताउनुभयो । दाङ, सल्यान, रोल्पा र रुकुममा ३३ केभी प्रसारण लाई वाटै वितरण गरिएकाले यस्तो अभाव देखिइको उहाँको भनाई छ ।

साँविक राप्तीका चार जिल्लामा दाङ, सल्यान, रोल्पा र रुकुममा करिव ४० मेघा भोल्ट एम्पियर विद्युत आवश्यक रहे पनि हाल १८ मेघा भोल्ट एम्पियर मात्रै आपूर्ति भइरहेकाले विद्युत सेवा अनियमिति बन्ने गरेको कार्यालयका ईन्जीनियर प्रमोद कुमार सिंहले बताउनुभयो । मागका आधारमा विद्युत पु¥याउन नसक्दा आन्तरिक लोड सेडिङ गर्नुपर्ने वाध्यता रहेको उहाँले बताउनुभयो । निर्माणाधिन आयोजनाहरुको निर्माणको काम केही समयमै अनियमितताको अन्त्य हुने सक्ने उहाँले बताउनुभयो । सरकारले वैकल्पीक स्रोत थप हुननसक्दा आन्तरिक लोड सेडिङ गरेर भए पनि आवश्यक विद्युत सेवा वितरण गरिरहेका उहाँले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्