तुलसीपुरमा बाल संरक्षण नीति पारित



दाङ,जेठ ८ । तुलसीपुर उपमहानगरपालिकाले बाल संरक्षण नीति पारित गरेको छ । कार्यपालिकाको ३१ औ बैठकले पारित गरेको नीतिमा बाल अधिकार प्रतिकुल हुने हेला, विभेद, दूव्र्यवहार, हिंसा, शोषण अपहेलना लगायत बालबालिकालाई हानी पुर्याउने सबै जोखिम अवस्थाबाट संरक्षण प्रदान हुने अवस्थाको सुनिश्चित गरी बालअधिकारको प्रबद्र्धन गर्ने कुरा उल्लेख गरिएको छ । तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री उपमहानगरका रुपमा विकास गर्नका लागि पनि नीतिमा विभिन्न कुराहरु उल्लेख गरिएको छ ।


नीतिमा बालसंरक्षण सवालहरुको सम्बोधनका लागि १८ वुँदे नीति पनि उल्लेख गरिएको छ । यसैगरी नगर बालसंरक्षण नीति कार्यान्वयनको रणनीति समेत उल्लेख गरिएको छ । उपमहानगरले नीति पारित गरेसँगै वाल संरक्षणका क्षेत्रमा काम गर्ने बाटो पनि खुलेको छ । नीतिमा बाल संरक्षणका लागि निः शुल्क बाल हेल्पलाईन खोल्नेदेखि लिएर बालबालिका सक्रिय रहने क्षेत्रलाई शान्तीक्षेत्र घोषणा गर्ने कुरा समेत उल्लेख गरिएको छ ।

कार्यपालिकाको वैठकले उपप्रमुख माया आचार्यको संयोजकत्वमा कार्यपालिका सदस्य डिला परियार, उद्योग वाणिज्य संघ तुलसीपुर र उद्योग वाणिज्य संघ विजौरी रहेका छन् भने सदस्य सचिवमा वित्तिय अधिकृत ललित घर्ति रहेका छन् । यसैगरी नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा स्रोत अनुमान तथा वजेट सिमा निर्धारण समिति निर्माण गरिएको छ भने उपप्रमुख माया आचार्यको संयोजकत्वमा ६ वटै उपसमितिका संयोजकहरु, प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्र वहादुर केसी सदस्य रहने गरि वजेट तथा कार्यक्रम तर्जुमा समिति निर्माण गरिएको छ । कार्यपालिकाको वैठकले वजेट तर्जुमा दिग्दर्शन २०७४ अनुसार आगामी योजना छनोट र निर्माण गर्ने निर्णय गरेको छ । यसैगरी तुलसीपुर उपमहानगरपालिकामा डिजिटल नागरिक वडापत्र राख्ने निर्णय गरेको समेत प्रवक्ता सुर्यवहादुर डाँगीले जानकारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्