लालबाबु पण्डितको सम्पत्ति एक थान पुरानो साइकल ।।



सैघाली खबर/काठमाण्डौँ, ९ जेठ।
संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितसँग सवारी साधनका नाममा एक थान पुरानो साइकल मात्र रहेको पाइएको छ । पण्डितले मन्त्रिपरिषद् कार्यालयमा बुझाएको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

जसमा सवारी साधानमा पुरानो एक थान साइकल रहेको उल्लेख छ । विराटनगर १२ मा एक कठ्ठामा बनेको ५ कोठे घर छ । ललितपुर भैसेपाटीमा पत्नी विमला तामाङको नाममा ४ आना जग्गा रहेको पनि उनले उल्लेख गरेका छन् । उनीसँग १० तोला सुन र १५ तोला चाँदी छ भने बैंकमा पण्डितको नाममा २५ लाख र बिमलाको नाममा ३० लाख बचत रहेको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्