सन्दीपलाई कार उपहार ।।



सैघाली खबर/काठमाण्डौँ, ९ जेठ।
युवा क्रिकेटर सन्दीप लामिछानेले कार पाउने भएका छन् । इण्डियन प्रिमियर लिग खेलेर फर्किएलगत्तै सन्दीपले कार पाउने भएका हुन् । उनले टाटा मोटर्सको टिगोर कार चढ्नेछन् । टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि ब्राण्ड एम्बेसडर घोषणा गर्दै कार उपहार दिन लागेको हो ।

कारको सबै मूल्य कम्पनीले दिनेछ । १७ वर्षका सन्दीप हालै मात्र आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका थिए । उनले दिल्ली डेडरडेभिल्सबाट अन्तिम तीन खेलको मौका पाएका थिए । त्यो संगै उनले आफूलाई अब्बल सावित गरेका छन् । आईपीएलमा दिल्लीको अन्तिम खेलमा उनले मुम्बई इन्डियन्सविरुद्ध तीन विकेट लिए ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्