जुगाँ पाले तलब



सैघाली खबर

दाङ,९ जेठ । दाङका एक बृद्धले जुगाँ पालेर मासिक तलव पाउँने गरेका छन् । रुकुम सिस्ने गाउपालिका–६ रुकुमकोट रुकुम निवासी हाल घोराही उपमहानगरपालिका–१५ बस्ने कालिबहादुर बुढाथोकीले जुगाँ पालेर १२ बर्षदेखि मासिक तलव बुझदै आएका छन । घोराही स्थित वेस्टर्न डेलभवमेन्ट बैंकको सुरक्षा गार्डका रुपमा कार्यरत बुढाथोकीलाई जुद्ध एण्ड पूर्ण निर्माण सेवाका सञ्चालक पूर्ण भण्डारीले मासिक दुई सय ५० रुपैयाँ प्रदान गर्दै आएका छन ।

कालीबहादुरले पालेको जुंगा देख्दा मलाई रमाइलो लाग्थ्यो’,भण्डारीले भने,‘नागबेली आकारको उनको काला जुंगा देखेपछि मैले खुशीले उनलाई पोत्साहन स्वरुप पैसा दिने निर्णय गरेको हु भण्डारीले भन्नुभयो । २०६२ सालदेखि आफुले नियमित रुपमा जुंगा पालेबाफत रकम प्राप्त गर्दै आएको बुढाथोकीले बताए । सुरु ५० रुपैयावाट मलाई पैसा दिन सुरु गर्नुभएको हो अहिले दुई सय ५० रुपैया मासिक उपलव्ध गराउदै आउनुभएको बुढाथोकीले भने ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्