छोरीसँग बिहे गर्नेलाई १८ अर्ब दाइजो दिने बाबुको घोषणा, बिहे गर्ने भए पूरा पढ्नुहोला ।।



सैघाली खबर, काठमाण्डौँ, जेठ।
तपाईको बिहे गर्ने उमेर भयो ? याँ बिहे गर्ने सोच बनाईरहनुभएको छ ? यदि त्यसो हो भने यो समाचार एकपटक अवश्य पढ्नुस । साँच्ची यो खबर अनुसार यहाँ एकैचोटी दुलहीको पति मात्र होइन अर्बपति समेत हुने मौका छ । वास्तवमा एकजना अर्बपतिले आफ्नी छोरीसँग बिहे गर्ने ज्वाइँलाई १८ अर्ब नगद दाइजो दिने घोषणा गरेका छन् ।

चिनिया अर्बपति व्यापारी सेसिल चाओ जे सुंगले यस्तो घोषणा गरेका हुन् । उनले आफ्नी समलिंगी छोरीलाई बिहे गरेर अन्माइदिन मोटो रकम दाइजोको प्रस्ताव गरेका हुन् । उनकी छोरी गिगी लेस्बियन छिन् । उनी पछिल्लो ९ वर्षदेखि आफ्नो एक लेस्बियन साथीसँग बस्दै आएकी छिन् ।

उनलाई बिहे गर्ने कोहीपनि केटा तयार भएका छैनन् । त्यसैका कारणले अर्बपति पिताले छोरीको बिहे गरिदिन यस्तो मोटो रकमको जुक्ति निकालेका हुन् । दाइजोको लोभ देखाएर छोरी बिहे गरिदिने यो उनको दोश्रो प्रयास हो । यसपटक उनले अफरको रकम निकै बढाएका छन् । यो भन्दा पहिले सन् २०१२ मा गिगीको विवाहका लागि उनले छोरीसँग बिहे गर्नेलाई झण्डै ७ अर्ब रुपैयाँको प्रस्ताव गरेका थिए ।

मोटो रकम पाउनका लागि अर्बपतिकी छोरीसँग बिहे गर्न २० हजार युवकहरुले दरखास्त हालेका भएपनि कोहीपनि सफल भएनन् । यो पटक दाइजो रकम दोब्बर पारेपछि लेस्बियन छोरीको पक्कै बिहे हुने सेसिलको विश्वास छ । उनले सोसल मिडियामार्फत पनि यो कुराको खुब प्रचार गरेका छन् । आफुले छोरी बिहे गर्ने भन्दै धेरै युवाहरुले उनीसँग सम्पर्क राखिरहेका छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्