सुनको घर र सुनकै गल्ली बनाउने भनेको छैन, रेल र पानी जहाजको सपना पनि दिउँसै देखेको हो : प्रधानमन्त्री ।।



सैघाली खबर/काठमाण्डौँ, १३ जेठ।
प्रधानमन्त्री केपी शर्मा ओलीले रेल पनि बन्ने र पानी जहाज पनि चलाउने बताएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै ओलीले रेल र पानी जहाज मजाकमा उडाउने विषय नभएको बताए । उनले भने, ‘हेर्दाहेर्दै इष्टटिमोरमा समुन्द्रबाट जान्छौं । जलमार्गबाटै ढुवानी गर्छौं ।’ ‘पानी जहाज निदाएका बेला देखेको सपना ब्यूँझिएको बेला भनेको होइन’ उनले अघि भने ।

पानी जहाजको योजनालाई विपक्षी सांसदहरुले दिवासप्ना भनेको उल्लेख गर्दै उनले भने, ठीकै भन्नुभयो । मैले दिउँसै देखेको सपना हो, राति होइन ।’ मंगोलियासँग २६५ वटा पानीजहाज रहेको उदारहण दिँदै प्रधानमन्त्री ओलीले पानी जहाज र रेल मजाकमा उडाउने विषय नभएको बताए ।

काठमाडौं वीरगञ्ज रेल ५ वर्षमा बनाउने सहमति भइसकेको भन्दै उनले काठमाडौं केरुङ जोड्ने रेलका लागि पनि सम्भाव्यता अध्ययन भइरहेको बताए । उनले अघि भने, हाम्रो रेलबाट ढुवानी गर्छौं । हामीलाई नपरेको बेला भाडामा पनि लगाउँछौं ।’  काठमाडौंमा मेट्रो रेल चलाउने सहमति महानगरले गरिसकेको भन्दै प्रधानमन्त्री ओलीले सम्भाव्यता अध्ययन सकिए लगतै निर्माण सुरु हुने बताए ।

यसैबिच, प्रधानमन्त्री ओलीले सरकारले सुनको घर बनाउने र सुनकै गल्ली बनाइदिने असम्भव सपना नदेखाएको प्रष्टिकरण दिएका छन् । ओलीले भने रामायणमा भनिएको छ ‘घर पनि सुनैका छन्, गल्लि पनि सुनैका’ । यो सरकारले अर्को वर्ष सुनका घर र सुनकै गल्लि बनाउछौं भनेर भनेको छैन । सम्भव हुने र सम्भव बनाउनुपर्ने सम्बृद्धिका सपना बोकेको छ । सम्बृद्ध नेपाल र सुखी नेपाल्किो उद्देश्यमा केन्द्रित छ । यो हाम्रो राष्ट्रिय आकांक्षा हो ।

ओलीले नेपाललाई सम्बृद्ध र विकसित बनाउँने कुरा गर्दा हावादारी भनेर उडाउने प्रवृतिप्रति दुःख व्यक्त गरे । उनले गरीव नेपालबाट सम्बृद्ध नेपाल बनाउने,दुःखी नेपालीलाई सुखी बनाउने कुरा गर्दा आरोप खेप्नुपरेको गुनासो गरे । ओलीले भने(नेपाल अहिले तेस्रो विश्वमा छ । तेस्रोबाट पहिलो विश्वमा र्पुयाउछु भन्न पाइदैन । के नेपाल पहिलो विश्वमा पुग्नै नसक्ने गरि अभिशप्त हो ? कति वर्ष लाग्छ, थाल्नु त र्पयो नि । ओलीले नीति तथा कार्यक्रममाथि आम रुपमा सबैको सहमति देखिएको भन्दै प्रतिपक्षको धर्म निर्वाह गर्ने बाहेक कसैले आलोचना नगरेको बताए ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्