खानेपानी टंकीमा यस्तो भेटियो



दाङ १३ जेठ ।झाडा पखालाको प्रकोप बढेपछि शान्तिनगरका स्थानीय बासीन्दाहरुले खानेपानीको टंकी सरसफाई गरेका छन् । टंकी सफा गर्नै क्रममा खानेपानी टंकीमा मरेका सर्प,भ्यागुता विभिन्न कुहीएका झारपात फेला परेका छन् । फोहोर पानीको प्रयोग पछि झाडापखाला फैलिए पछि त्यहाँका बासिन्दाले उक्त पानी प्रयोग गरेका छैनन् । त्यहाँ अहिले पानीको अभाब भईरहेको छ । पानीको अभाबपूर्ती गर्न तुलसीपुर खानेपानीलगायत बिभिन्न संघ–संस्थाहरुले पिउने पानी सहयोग गरेका छन् । केही दिनअघि परेको पानीको बाढी खानेपानीको ट्याङ्कीमा मिसिएको र त्यहाँका बासिन्दाले त्यही पानी प्रयोग गरेकाले महामारी फैलिएको पुनले बताए ।

स्थानीय माईलीपानी मुहानबाट त्यहाँ खानेपानी ल्याईदै गरेकोमा केही समय देखि उक्त मुहानको पानी प्रयाप्त नभएपछि सोही ठाउँकै सिमल गैराबाट पाईपमा त्यहाँ पानी ल्याईएको थियो । त्यही पानीलाई सिधै उनीहरुले प्रयोग गर्ने गरेको धारामा जडान गरियो । त्यही पानी प्रयोग गरेपछि महामारी फैलिएको गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले बताए ।

अहिले सिमलगैराबाट ल्याईएको पानीलाई प्रयोग नगरिएको अध्यक्ष डाँगीले बताए । अब स्थानीय माईलीपानी मुहानको पानी मात्रै प्रयाग गर्ने अध्यक्ष डाँगीले बताए ।साईलीपानी मुहानलाई अहिले सरसफाई गर्ने तथा पानी शुद्धिकरणका लागि औषधी छर्कने कार्य भइरहेको अध्यक्ष डाँगीको भनाई छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्