अर्घाखाँचीका दुई नगरपालिकामा कांग्रेस माओवादी गठबन्धनलाई पछि पार्दै एमालेको अग्रता



असार १६,

images

 

अर्घाखाँची जिल्ला सदरमुकाम सन्धीखर्क र भूमिकास्थान नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई पछि पार्दै नेकपा एमालेले अग्रता लिएको छ। जिल्लाका चारवटा स्थानीय तहमा कांग्रेस र माओवादी केन्द्रको तालमेल भए पनि दुई वटामा एमालेले अग्रता लिएको हो। सन्धिखर्क नगरपालिकामा झिनो मतले कांग्रेस माओवादीका गठबन्धनका उम्मेदवारलाई पछि पार्दै एमालेका प्रमुख पदका उम्मेदवार कृष्ण श्रेष्ठले १०६८ मतसहित अग्रता लिएका छन्। कांग्रेसका प्रमुख पदका उम्मेदवार कमल भुसालले १०६७ मत लिएका छन्। उपप्रमुखमा भने माओवादी केन्द्रका ठाकुरकुमार विकले ९४८ मत र एमालेकी उपप्रमख पदकी उम्मेदवार ईश्वरी पोखरेलले ९८४ मत पाएका छन्। भुमिकास्थान नगरपालिकामा कांग्रेस र माओवादी गठबन्धनलाई पछि पार्दै प्रमुख पदमा एमालेका उम्मेदवार पिताम्बर भुसालले ९५१ मतसहित अग्रता लिएका छन्। गठबन्धनका उम्मेदवार रेशम थापाले ८४८ मत प्राप्त गरेका छन्। राष्ट्रिय जनमोर्चाका कविराम खनालले ६३६ मत प्राप्त गरेका छन्। उपप्रमुखमा एमालेकी सुनीता बेल्वासेले १०५७ मत पाएकी छन्। जिल्लाका अन्य तीन स्थानीय तहमा भने नेपाली कांग्रेसले अग्रता लिएको छ। छत्रदेव गाउँपालिकामा कांग्रेसका अध्यक्ष पदका उम्मेदवार लेखनाथ पोखरेलले ११८१ र उपाध्यक्ष तुलसा श्रेष्ठले १२४६ प्राप्त गरी अग्रस्थानमा छन्। नेकपा एमालेका अध्यक्षका उम्मेदवार ऋषि अधिकारीले १०६७ र उपाध्यक्ष मनिषा पन्थीले ९७५ मत प्राप्त गरेका छन्। माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार प्रकाश ज्ञवाली २४२ र उपाध्यक्ष विष्णुमाया रायमाझीले २६६ मत प्राप्त गरेका छन्। सितगंगा नगरपालिकामा कांग्रेसका प्रमुख पदका उम्मेदवार सूर्य अधिकारीले ६८४, माओवादीका उपप्रमुख उम्मेदवार टीका रेस्मीले ४८५ मत पाएका छन्। एमालेका प्रमुख पदका उम्मेदवार बसन्त श्रेष्ठले ६६८,उपप्रमुखकी उम्मेदवार गीता भाटले ६५६ मत प्राप्त गरेकी छन्। यो नगरपालिकामा कांग्रेस र माओवादीबीच तालमेल भएको छ। पाणिनी गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ। अध्यक्षमा कांग्रेसका अच्युत गौतमले ६५२, एमालेका जीवनारायण कोइरालाले ५०४ मत ल्याएका छन्। उपाध्यक्षमा नेपाली कांग्रेस अम्बिका पोखरेलले ५०२ र एमालेकी लक्ष्मी गौतम ५०२ मत प्राप्त गरेका छन्। जिल्लाको मालारानी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार पदम क्षेत्रीले १०९२ मतसहित अग्रता लिएका छन्। माओवादी र कांग्रेसबीच गठबन्धन भएको यस गाउँपालिका उपाध्यक्षमा कांग्रेसकी शान्ता खनालले १०३६ मत प्राप्त गरेकी छन्। एमालेबाट त्यस्तै अध्यक्षमा बालकृष्ण आचार्चले १ हजार र उपाध्यक्षमा प्रमिला क्षेत्रीले १ हजार ४० मत प्राप्त गरेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्