हेलो सरकारः सामुदायीक विद्यालयले नै चर्को शूल्क लिएपछि कसरी पढाउने बच्चा-बच्ची ?



सैघाली खबर/अछाम, १४ जेठ।

सरकारले निशूल्क शिक्षा घोषणा गरेपनि अछामका सामुदायी विद्यालयहरुले नै चर्को शूल्क असुल्दै आएको भेटिएको छ । विद्यालय स्तरको शिक्षा निःशूल्क सरकारले धेरै पहिले घोषणालाई चुनौती दिँदै सामुदायीक विद्यालयहरुले नीजि विद्यालय सरह शूल्क असुलिरहेका छन् ।अभिभावकबाट आफूहरुले चर्को शूल्क तिर्न बाध्य भएको गुनासो आएपछि अखिल क्रान्तिकारीले केही विद्यालयहरुको अनुगमन गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले जिल्लाका बान्नीगढी, जयगढ गाउँपालिका ४, तिमिल्सेनस्थित अलकनन्दा मावि, कमल बजार नगरपालिका ५, कुइकास्थित महाकालिका मावि, विनायक पञ्चदेव नगरपालिकाका वडा नम्बर १ को जालेपेश्वरी, ३ को विद्यामन्दिर उच्च माविले पनि चर्को शुल्क असुल गरेको पाइएको धामीले जानकारी दिए ।

सचिव धामीका अनुसार विनायक पञ्चदेव नगरपालिकाको वडा नम्बर ७, पुल्लेतोलास्थित भवानी माविले पनि चर्को शूल्क असुल गरिरहेको गुनासो आएको छ । अनुगमन टोली पुल्लेतोला जाँदैछ । सोही नगरपालिकाको वडा नम्बर २ का सबै विद्यालयमा निशूल्क गरिएको पनि अनुगमनको क्रममा भेटिएको थियो ।

वडा अध्यक्ष पदमबहादुर धामीले नै वडाका सबै विद्यालयमा निःशूल्क शिक्षाको घोषणा गरेका हुन् । अलकनन्दा माविले कक्षा ६ को १ हजार ८ सय, कक्षा ९ को २ हजार १ सय ६० र कक्षा १० को २ हजार चार सय रुपैयाँ असुल गरिरहेको छ । विद्यालयका प्रअ नृप वडले शूल्क असुल गरेको स्वीकार गर्दै बाध्यताले लिनु परेको अनुगमन टोलीसँग बताए । यो शूल्क जिल्लाकै सबैभन्दा धेरै हो ।

शहर बजारका नीति विद्यालयजस्तै जिल्लाका सामुदायीक विद्यालयहरुले शूल्क असुल गरिरहेपनि स्थानीय जनप्रतिनिधिहरुले भने बेवास्ता गरेका छन् । चर्को शूल्क तिर्नु परेपछि थालेपछि अभिभाक भने आक्रोसित भएका छन् । अखिल क्रान्तिकारीले पहिलो चरणमा शुल्क नलिन आग्रह गरेको छ ।

त्यसलाई बेवास्ता गरेर शूल्क असुल गरिरहे अभिभावकको मागअनुसार संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने अखिल क्रान्तिकारी अछामले जनाएको छ । अावश्यक दरबन्दीको लागि सरकारबाटै सेवा सुविधा र भवनलगायतका शिर्षकमा करोडौ बजेट अाइरहेको छ तर अभिभावकबाट विद्यालयले चर्को शूल्क असुलिरहेका छन् । अछामका सामुदायीक विद्यालय भ्रष्टाचारका नयाँ अखडा भएको गुनासो अाइरहेको धेरै भएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्