प्रदेश तहमा कर्मचारी दरबन्दीको टुंगो, सात प्रदेशमा ३ हजार २२७ दरबन्दी स्वीकृत ।।



सैघाली खबर/काठमाण्डौँ, १४ जेठ।
सरकारले प्रदेश तहमा कर्मचारी दरबन्दीको टुंगो लगाएको छ । मूख्यमन्त्री, मन्त्रिपरिषद् र प्रदेश मन्त्रालयहरूको परिमार्जित संगठन संरचनाको प्रस्ताव पारित गर्दै सरकारले प्रदेश तहका लागि तीन हजार २२७ दरबन्दी स्वीकृत गरेको हो ।

गत ६ जेठमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार अब एउटा प्रदेशमा चार सय ६१ का दरले सातै प्रदेशमा कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । प्रदेश तहमा ११ वटा कार्यालय रहने निर्णय पनि गरेको छ । जसमा सात वटा मन्त्रालय, प्रदेश प्रमुख कार्यालय, प्रदेश सभा, प्रदेश मुख्य न्यायाधीवक्ता र कोष नियन्त्रक कार्यालय रहनेछन् ।

यसअघि गत माघमा सरकारले अन्तरिम व्यवस्थापन अन्तर्गत प्रदेशको संगठन संरचना र दरबन्दी स्वीकृत गरेको थियो । त्यसलाई परिमार्जन गर्दै सरकारले नयाँ निर्णय गरेको हो । सरकारले गरेको निर्णय अनुसार अब मूख्यमन्त्री र मन्त्रिपरिषद कार्यालयमा विशिष्ट श्रेणीका कर्मचारी (सचिव) रहनेछन् भने अन्य मन्त्रालयमा राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) रहनेछन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्