सांसद केसीद्धारा झाडापखालाका बिरामीको स्वास्थ्य लाभको कामना



सैघाली खबर,
तुलसीपुर, १४ जेठ ।

प्रतिनिधिसभा सदस्य हिरा चन्द्र केसीले दाङ शान्तिनगरका झाडापखाला पीडितहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले सोमबार एक बिज्ञप्ति जारी गरि झाडापखाला पीडितहरुको अबस्था बिग्रन नदिन केन्द्रमा पहल थालिरहेको समेत बिज्ञप्तिमा उल्लेख गरेका छन् । शान्तिनगर ३ र ४ मा फैलिएको झाडापखालाले समग्र मुलुकलाई नै दुःखी तुल्याईरहेको भन्दै आउदा दिनमा यस्तो अबस्था आउन नदिन सर्तकता अपनाईने समेत बताए । ‘सबै भन्दा पहिला यस्तो अबस्थाको शिर्जन हुने अबस्था नहुनुपथ्र्यो’बिज्ञप्तिमा उल्लेख छ‘तर आउदा दिनमा यसबाट पाठ सिकेर सर्तकता अपनाउनु पर्छ ।’ शान्तिनगरको झाडापखालाको महामारीका पीडितहरुको समस्या समाधानका लागि आउदो संसदको बजेट भाषणमा उल्लेख गर्न पहल थाल्ने समेत उनको भनाई छ ।

आगामी आर्थिक बर्ष २०७५÷०७६ को बजेटमा दाङ क्षेत्र नंबर ३ लाई आबश्यक बजेट बिनियोजन गर्न पहल थाल्नका लागि संसदमा ब्यस्त हुनुपर्ने भएकाले पीडितसंग भेट्न नपाएपनि अबस्थालाई बिग्रन नदिन केन्द्रबाट पहल थालिरहेको उनले बताए । ‘जेठ १५ गते बजेट आउदै छ’ उनले भने‘यहीबेला दाङ आउँदा बजेटमा यहाँका सबै कुरा छुट्ने भएकाले दाङ क्षेत्र नंबर ३ को लागि आबश्यक पर्ने बजेट छुट्न नदिन पहल थाल्नका लागि अहिले काठमडौंमै ब्यस्त भएको हुँ ।’ साथै प्रतिनिधिसभा सदस्य केसीले शान्तिनगरको झाडापखाला नियणत्रणका लागि आईतबार संसदमा र सरकारमा जानकारी गराएका थिए । साथै सांसद केसीको पहलमा आईतबार प्रधानमन्त्री केपी शर्मा ओलीले निःशुल्क उपचार गराउने घोषण समेत गरेका थिए । शान्तिनगर गाउँपालिका ३ र ४ मा झाडापखालाबाट करिब १३ सय बिरामी प्रभाबित भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्