घरजग्गा खरिद बिक्रीमा कडाई, बढेन वृद्धभत्ता ।।



सैघाली खबर/काठमाण्डौँ, १५ जेठ।
सरकारले घरजग्गा खरिद बिक्रीमा कडाई गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गर्नुभएको बजेटमा इजाजत लिएर मात्र घरजग्गा खरिद बिक्री गर्न पाइने उल्लेख छ ।

यसैबिच सरकारले वृद्धभत्ता नबढाएर स्वास्थ्य बीमाको व्यवस्था गरेको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्रस्तुत गरेको बजेट भाषणमार्फत ७० वर्षभन्दा माथिका वृद्धवृद्धालाई एकलाख रुपैयाँसम्मको स्वास्थ्य बीमाको रकम सरकारले व्यहोर्ने घोषणा गरे । बजेटमा एकीकृत सामाजिक सुरक्षाको नीति लिइने उल्लेख छ । चुनावमा वाम गठबन्धनले वृद्धभत्ता ५ हजार रुपैयाँ पुर्याउने घोषणा गरे पनि सरकारले वृद्धभत्ताको सट्टा स्वास्थ्य बीमाको व्यवस्था गरेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्