किन गाभिँदै छन् प्रज्ञा प्रतिष्ठानहरू ?



सैघाली खबर
काठमाडौं,१६ जेठ
सरकारले बजेट भाषणमा नेपाल प्रज्ञा प्रतिष्ठान, संगीत तथा नाट्य प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान र अन्य सांस्कृतिक प्रतिष्ठानहरूलाई गाभी एउटै बनाउने घोष्णा गरेको छ। क्रतिष्ठानका कुलपतिहरूसँग सल्लाह नगरी गरिएको भन्दै यो घोषणको विरोध भएको समाचार कान्तिपुरले लेखेको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रतीले यसरी प्रतिष्ठानहरू गाभ्नेबारे आफूहरूसित सल्लाह नै नभएको बताए। संगीत नाट्य प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले बजेट भाषणलगत्तै फेसबुकमा स्ट्याटस लेखे, ‘प्रज्ञा प्रतिष्ठानका पदाधिकारी र सम्बन्धित क्षेत्रका विज्ञहरूसँग सल्लाह नै नगरी तीन प्रज्ञा प्रतिष्ठानलाई एक बनाउने सरकारी घोषणा अग्रगामी कि पश्चगामी, विचार होस्।ु ललितकला प्रज्ञ प्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायले बजेट भाषण सुनेर स्तब्ध भएको बताइन्। सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले भने, ‘यो प्रक्रियामा प्राज्ञिकभन्दा ब्युरोक्रेसी हाबी भयो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्