हत्या भएका रुसी पत्रकार जीवित



सैघाली खबर
काठमाण्डौं,१७ जेठ
रुसका चर्चित पत्रकार अर्काडी बाब्चेन्कोको हत्याको खबर झुटो साबित भएको छ । युक्रेनले हत्या भएको भनेर जानकारी दिएका उनी जीवित र सकुशल नै युक्रेनी राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा उपस्थित भएका छन्।ताजा जानकारीका अनुसार युक्रेनले योजनाबद्ध तरिकाले मंगलबार उनको हत्याको झुटो खबर फैलाएको थियो ।

एउटा अभूतपूर्व घटनाक्रममा ती पत्रकार आर्काडी बाब्चेन्को युक्रेनी टेलिभिजनको प्रत्यक्ष प्रसारणमा देखा परेका हुन्।उनी क्रेमलिनको कट्टर आलोचकका रुपमा चर्चित पत्रकार हुन्।पत्रकार सम्मेलनमा उनले आफूलाई हत्या गर्ने एउटा योजनाको निशाना बनाइएको भन्नेबारे एक महिनाअघि सूचना प्राप्त भएको बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्