छुट्टाछुट्टै घटनामा दुईको मृत्यु



सैघाली खबर
नेपालगन्ज,१७ जेठ

बाँकेको डुडुवा गाउँपालिका ६ हिरमिनियामा ट्याक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार तीब्र गतिमा रहेको भे १ त ५९८६ नं.को ट्याक्टर अनियन्त्रित भई पल्टिदा सोही ठाँउकी ६० वर्षिया फुलकला लोनियाँको मृत्यु भएको हो ।

ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता बाँकेको कचनापुरस्थित राप्ती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका २ कचनापुरको ९ बर्षका कैन्या थारुको नदीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्