काठमाणडौं–ताप्लेजुङको हवाई भाडा बढ्यो ।।



सैघाली खबर
काठमाणडौं,१९ जेठ

काठमाणडौं–ताप्लेजुङको हवाई भाडा वृद्धि भएको छ । नेपाल वायु सेवा निगमले काठमाडाँै–ताप्लेजुङको हवाई भाडा वृद्धि गरेको हो । यसअघि पाँच हजार ३३० भाडादर रहेकामा अहिले एक हजार ८६५ बढाएर सात हजार १९५ पु¥याइएको निगमले जनाएको छ । वृद्धि भएको भाडादर यही जेठ १६ गतेदेखि लागू भएको छ । ताप्लेजुङको सुकेटार विमानस्थलबाट हरेक साता बुधबार र शुक्रबार काठमाडौँ उडान भर्दै आएको निगमको उडान भने यही जेठ ८ गतेदेखि स्थगित छ । प्राविधिक कारण देखाउँदै स्थगित उडान जेठ २३ गतेदेखि नियमित गरिने बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्