सल्यानमा बाघको आक्रमन एक महिला घाइते



जेठ २१, सल्यान । सल्यानमा बाघको आक्रमण बाट एकजना महिला गम्भीर घाइते भएकी छन् ।जिल्लाकाे शारदा नगरपालिका १२ डाँग्रीमा गएराती २ बजेतिर बाख्राको गोठ भित्र बाघ पसेपछि धपाउने क्रममा बाघले आक्रमण गर्दा ७० बर्षिया राधीका बोहरा गम्भीर घाईते भएकी हुन् ।बाघकाे नङ्ग्राले उनकाे अनुहारमा धेरै धस्रेकाे छ भने हातमा पनि चाेट पुगेकाे छ । घर नजिकै रहेकाे बाख्रेगाेठमा उनि बाघ धपाउन एक्लै गएकी थिइन् ।

गम्भीर घाईते बोहरालार्इ सल्यान जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात् नेपालगन्ज रिफर गरिएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानका हेल्थ असिस्टेन्ट मिलन विसीले जानकारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्