मदन भण्डारी स्पोट्र्स एकेडेमी तुलसीपुरको अध्यक्षमा बरुण श्रेष्ठ



दाङ,२३ जेठ । मदन भण्डारी स्पोट्र्स एकेडेमी तुलसीपुरको पहिलो भेला तुलसीपुरमा सम्पन्न भएको छ ।
मदन भण्डारी स्पोट्र्स एकेडेमी दाङका कार्यवहाक अध्यक्ष मोहनसिंङ सुनारको अध्यक्षतामा भएको भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी एकेडेमीका ५ नम्वर प्रदेश वरिष्ठ उपाध्यक्ष सुमन पोखरेलले युवाहरु अध्यनसंगै खेलकुद क्षेत्रमा पनि सक्रिय बन्नुपर्ने बताउनुभयो । उहांले खेलाडी देशका गहना भएको भन्दै खेलाडी सधैं अनुशासीत हुुनुपर्ने बताउनुभयो ।

एकेडेमीका प्रेस सल्लाहकार गणेश आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा एमाले दाङ क्षेत्र नम्वर ३ का सचिव अमित शर्मा, एकेडेमीका प्रदेश सदस्य गणेश खड्काले लगाएतकाले बोल्नु भएको थियो ।
यसैबीच भेलाले मदन भण्डारी स्पोट्र्स एकेडेमी तुलसीपुर उपहानगरपालिको अधयक्षमा बरुण श्रेष्ठलाई चयन गरेको छ । एकेडेमीको उपाध्यक्षमा दुर्गा लवट,सचिवमा हुमबहादुर परियार,सहसचिवमा सन्तोष भण्डारी,कोषाध्यक्षमा रेशम बस्याल रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा सरीता जिशी,दिपक परियार,तिलक दुलाल,मनिषा लामिछाने,सरोज गुप्ता, बसन्त भण्डारी चयन हुनुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्