वडाध्यक्षले नै विद्युत चोर्छन भने माथीकाले के के चोर्छन होला ?



समाजसेवामा लागेका भनिएका मान्छेहरु (नेता, कर्मचारी र संघ संस्थाका पदाधिकारी आदी) ले भ्रष्टाचार र अनियमितता गरेको भन्ने समाचार मिडियामा आइनै रहन्छन् तर यसपटक अर्को नयाँ समाचारले सबैको दिमाग खराब गर्यो ।

यो बर्दियाको समाचार हो । बर्दियाको मधुवनी नगरपालिका–२ का वडा अध्यक्ष पहाडी थारु विद्युत चोरी गर्दागर्दै पक्राउ परेका छन । यसकासरण यो नयाँ समाचार भएको हो ।

आइतबार राती १० बजेतिर हुकिङ गरेर विद्युत चोरी गरिरहेको अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र विद्युत प्राधिकरणका कर्मचारीले थारुलाई नियन्त्रणमा लिएका थिए ।

गुलरियाको सानोश्री एरियामा विद्युत चोरीरहेको अवस्थामा पक्राउ परेका वडा अध्यक्ष थारुले ‘ईज्जत जोगाइदिनु’ भन्दै अनुनय गरेपछि प्राधिकरणले उनलाई जरिवाना तिराएर छाडेको जिल्ला प्रहरी कार्यालय बर्दियाका एक अधिकृतले बताए ।

विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्र स्रोतका अनुसार थारुले ८ हजार १ सय ९९ सय रुपैयाँ जरिवाना तिरेका छन ।

हुकिङ गरेको बिजुलीबाट उनले तीनओटा सिएफएल चिम बालेको र पानी तान्ने मोटर चलाएको खुल्न आएको छ ।janasanchar

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्