७५ कुकुरलाई बन्ध्याकरण



 

तुलसीपुर २३ जेठ ।

तुलसीपुरमा भएको कुकुर बन्ध्याकरण तालिम सकिएको छ । तीन दिन सम्म चलेको शिबिरबाट ७५ वटा कुकुरलाई बन्ध्याकरण गरिएको छ । तुुलसीपुुर क्षेत्रमा भुुस्याहा कुुकुुरको संख्या घटाउन शिबिर सञ्चालन गरिएको थियो । तुुलसीपुुर उपमहानगरपालिका पशुुसेवा शाखा तुुलसीपुुरको आयोजनामा भुुस्याहा कुुकुुरको बढ्दो क्रमलाइ नियन्त्रण गर्नको लागी बन्ध्याकरण शिबिर सञ्चालन गरिएको प्रमुख सुद्धाम भट्टले बताए ।

सबै वडामा यो शिविर संञ्चलान गर्न सके अझ राम्रो हुुने पनि अपेक्षा गरिएको छ । बन्ध्याकरण गरिएको मध्ये धेरैजसो घरपालुुवा रहेको र केही मात्रामा छाडा छोडिएक कुुकुुरलाई बन्ध्याकरण गरिएको प्रमुख भट्टले बताए । पोथी कुुकुुरको लागी बन्ध्याकरण गर्ने औजारको अभावले भाले कुुकुुरहरुलाइ मात्र बन्ध्याकरण गरिएको पशुु सेवा शाखा तुुलसीपुुरका उपप्रमुुख सुुवास आर्चायले बताए । बन्ध्याकरणका साथै कुुकुुरको टोकाइबाट लाग्ने रेविजविरुद्धको सुुइ पनि लगाइको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्