अपाङ्गहरुका लागि गुडिया



दाङ,२४ जेठ । अपाङ्गहरुका लागि गुडिया बुनाई तालिम घोराहीमा सुरु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १४ को आयोजनामा १५ दिने गुडिया बनाई तालिम सुरु भएको हो । नेपाल अपाङ्ग संघ खग्रेन्द्र नवजीवन केन्द्रको आयोजनामा संचालित तालिमको घोराही उपमहानगरपालिका वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीले उद्घाटन गर्नु भएको थियो । उद्घाटन गर्दै अध्यक्ष डाँगीले समाजमा पछाडी पारिएको बर्ग समुदायलाई माथी उठाउँन आफुले सहयोग गर्ने वताउँनुभयो ।

 

अपाङ्गले पनि अबसर पाए सपाङ्ग सरह काम गर्ने वताउँदै अबसरवाट कसैलाई बंन्चित गर्न नहुने वताउँनुभयो । तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थीलाई व्यावसाय संञ्चालन आनुदानको समेत व्यवस्था गर्ने वताउँनुभयो । नेपाल अपाङ्ग संघ खग्रेन्द्र नवजीवन केन्द्रका कोषध्यक्ष रुपा वलीको स्वागत मन्तव्य बाट सुरु भएको तालिम प्रशिक्षक बिष्णु थापा,तालिमका सहभागि भिमसरा घर्ती लगाएतले वोल्नु भएको थियो नेपाल अपाङ्ग संघ खग्रेन्द्र नवजीवन केन्द्रका अध्यक्ष हिमा चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्