प्रहरी हिरासतबाट दुई अभियुक्त फरार



सैघाली खबर

हुम्ला , २५ जेठ । प्रहरी कार्यालय हुम्लाको हिरासतबाटै दुई अभियुक्त फरार भएका छन्। शुक्रबार हिरासतको ढोकाको फलामको रड निकालेर कर्तव्य ज्यान मुद्दा अन्तर्गत पुर्पक्षका लागि थुनामा रहेका अभियुक्त लोकेन्द्र बुढा र सार्वजनिक मुद्दाका अभियुक्त लेखे नेपाली हिरासतबाट भागेको जिल्ला सुरक्षा समितिका सह–अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले जानकारी दिए।

यद्यपी फरार लोकेन्द्र बुढालाई सिमकोट गाउँपालिकाकै याङगु नजिकै पुलबाट पक्राउ गरिसकेको हुम्लाका प्रहरी निरीक्षक विष्णुबहादुर सिहंले जानकारी दिए।

शुक्रबार बिहान साढे तीन बजे थुनुवाको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले पिसाब फेराएर हिरासतको कोठामा ताला लगाएपछि अभियुक्त बुढा र नेपाली रड निकालेर भागेको प्रहरी नियन्त्रणमा रहेका बुढालाई उदृत गर्दै प्रमुख जिल्ला अधिकारी ढुंगानाले जानकारी दिए।

‘राति कसरी भागे भन्ने थाहा नै भएन’, प्रहरी प्रमुख सिंहले अन्नपूर्णसँग भने, ‘हुम्लामा कारागारको भवन निर्माणाधिन अवस्थामा भएकाले सबै कैदीलाई एउटै हिरासतमा राख्ने गरिएको छ। कसरी भागे भन्ने थाहै भएन।’

हिरासतबाट थुनुवा भागेको जानकारी पाउने बित्तिकै जिल्लाका सबै प्रहरी चौकीलाई हाइ अलर्ट बनाएको तीन घण्टापछि कर्तव्य ज्यान मुद्दाका अभियुक्त बुढालाई कर्णाली नदी तर्ने क्रममा सिमकोट गाउँपालिकाकै यांगुको पुलबाट प्रहरी पक्राउ गरेको हो। अर्का अभियुक्तको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्