अज्ञात समूहले सरकारी गाडी जलाए ।।



सैघाली खबर, २७ जेठ।
काठमाडौंको शंखमुलस्थित यूएनपार्क छेऊ अज्ञात समूहले सरकारी गाडीमा आगजनी गरेका छन् । आइतबार दिउँसो राजश्व तालिम केन्द्र, हरिहर भवनको गाडीमा आगजनी भएको हो ।

काठमाडौं प्रहरी परिसरका डिएसपी मोहन थापाका अनुसार बा १ झ ८८१८ नम्बरको गाडीमा अज्ञात समूहले आगजनी गरेका हुन् । आगजनी गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्