सर्पले डसेर किशोरीको ज्यान गयो ।।



सैघाली खबर, २७ जेठ।
तुर्माखाद गाउँपालिका–४ की १६ वर्षीया पार्वती बुढाको शनिबार राति सर्पले डसेर मृत्यु भएको हो । यो खबर अछामको हो । घर नजिकैको भैसी बाँध्ने गोठमा सुतेकी बुढालाई राति सर्पले डसेको थियो ।

भाई र बहिनीसँगै सुतेकी बुढाको समयमै उपचार हुन नसक्दा मृत्यु भएको तुर्माखाद गाउपालिकाका उपाध्यक्ष अमृता बुढाले बताइन् । मृतक बुढाले स्थानीय विश्वज्योति माध्यामिक विद्यालयबाट एसईई परीक्षा दिएकी थिईन् ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्