सल्यानमा आएको बर्षाका कारण लाखौको क्षती –सर्वसाधारणसंग खानलाई अन्न छैन



दुर्गा वि.सी.
सल्यान २७ जेठ । गएराती सल्यानमा आएको बर्षाका कारण लाखौको क्षति पु¥र्याएको छ । वर्षाका कारण सल्यान गैलीबजार सर्वसाधारण विस्थापित भएको जिल्ला दैवी प्रकोप उद्धार समिती सल्यानले जनाएको छ । बर्षाका कारण१० करोड भन्दा बढीको क्षति पुगेको समितिले जनाएको छ । कतिपय सर्वसाधारणको घर बगाउँदा अधिकास सर्वसाधारण खुल्ला चौर र चौतारोमा बस्दै आएको समितिले जनाएको छ

 

फाइल फोटो

बाढी ग्रस्त सर्बसाधारणको घरमा खाने अन्न समेत नहुदा समस्या भएको बाढी पिडितहरुले वताएका छन् ।बाढी ढिग्रस्त क्षेत्रको तत्तकाले अनुगमन गरि नागरिकलाई थप क्षेतीपुर्ति प्रदान गर्नका लागि बन्गाड कुपिण्डे नगरपालीकाले वडा नं १ का वडा अध्यक्ष शान्त कुमार एरीको संयोजकत्वमा ५ सदस्यी समिती समेत गठन गरेको छ ।अविरल वर्षाकै कारण छिन्चु जाजरकोट सडक खण्ड बन्गाड कुपिण्डे नगरपालीकाको जेसिवीको सायताले सुचारु गरिएको छ भने सल्लीवजार रुकुम चौहरजारी सडक खण्ड छेदवबच्छेद भएकाले फसेका गाडिहरु आवत जावत हुन सकिरहेका छैनन् । उक्त सडक खण्ड पुर्ण रुपले वन्द भएको छ ।

विस्तापितलाई राहत
बिस्थापित नागरिकलाई बन्गाड कुपिण्डे नगरपालीकाले राहत वितरण गरेको छ । करिव ४२ घरधुरीलाई प्रति व्यक्ती ५ केजि चामल,४ के जी दाल,१ लिटर तेल,नुन लगाएतका खाद्या सामग्री वितरण गरेको छ । त्यसै गरी वाढिपिडितलाई वराल खाद्या किराना पसल छिन्चु सुर्खेतले समेत चाउचाउ,विस्कुट र फ्रुटि वितरण गरेको छ ।बन्गाड कुपिण्डे नगरपालीकाका मेयर गोविन्द कुमार पुन तत्तकालै वाढि ग्रस्त क्षेत्रमा पुग्नु भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्