कार्यकर्ताले गाउँपालिका अध्यक्षलार्इ दले कालोमोसो



नवलपरासी । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेलाई कालोमोसो दलेका छन् । सोमबार कार्यालय समयमा विप्लव कार्यकर्ताले अध्यक्ष पाण्डेलाई कालो मोसो लगाएर दुर्व्यवहार गरेका हुन् ।

 

नेकपाको जनपरिषद्ले सबै स्थानीय तहका जनप्रतिनिधिले राजीनामा गर्न पत्रचार गरेपनि राजिनामा नगरेकाले कारबाही गर्न सुरु गरिएको जनाएको छ । चार जनाको समूहमा पुगेका उनीहरूले अध्यक्ष पाण्डेलाई कालो मोसो दलेका थिए ।

 

अध्यक्ष पाण्डेले स्थानीय तहमा चर्को कर लगाएको, कमिशन लिएर प्राकृतिक स्रोत साधनको दोहन गर्न लगाएको, आफैले विद्यालय चलाएको आरोप लगाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्