नेपालगञ्ज उपमहागरमा राप्रपा विजयी



असार २०

बाँकेको नेपालगञ्ज उपमहागरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जित हात पारेको छ । राप्रपाले स्थानीय तहको चुनावमा उपमहानगरपालिकामा पहिलो जित हात पारेको हो । राप्रपाका उम्मेदवार धवल शमशेर राणाले १२ हजार ५ सय १५ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रसेका डा. सुरेशकुमार कनौडिया ८ हजार ७ सय ३० मत ल्याएर पराजित हुनुभयो । राणाले ३ हजार ७ सय ८५ मतअन्तरले मेयरमा जित हाँसिल गर्नु भएको हो । उपमेयरमा कांग्रेसकी उमा थापमगर विजयी हुनु भएको छ । उहाँले १० हजार ७ सय ३१ मत ल्याउनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी राप्रपाकी रमारानी वैश्यले ८ हजार ९ सय २४ मत ल्याउनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्