पाँच सयका नोट नक्कली नभएको पुष्टि



दाङ ,३० जेठ । दाङको घोराहीमा कारोवार भएको नेपाली पाँच सयको नोट नक्कली नभएको पुष्टि भएको छ । घोराही उपमहानगरपालिका १४ नयाँ बजारमा रहेको ओम भाँडा पसलका सञ्चालक अजय गुप्ता र अमित गुप्ताले भारु पैसा सटहीको क्रममा नक्कली पैसा दिएको भन्दै उनिहरुलाई नियन्त्रणमा लिइको थियो । पाँचको नोटमा दुईवटा बाघको चित्र हुने भएपनि उक्त नोटमा एउटा मात्र बाघको चित्र भेटिए पछि उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीले नेपाल राष्ट्र बैङ्कमा बmु्दा बैशाख १२ देखि नै एउटा बाघको चित्र भएको पाँच सय नोट बजारमा ल्याएको भनेपछि ती नोट नक्कली नभएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय दाङकाक प्रहरी निरिक्षक धनदेव साउदले जानकारी दिनुभयो । प्रहरी र व्यवासायी यस्ता कुरा थाहा नहुदा समस्या भएको उहाँले वताउँनुभयो । बंगलाचुली गाउँपालिका वडा नम्बर २ मर्पेस निबासी फुर्सी पुनलाई सोमबार ५ सयका १२ वटा नोट दिएपछि यस्तो तथ्य बाहिर आएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्