किम-ट्रम्प सहमतिप्रति रुषको शंका, अमेरिकासित दक्षिण कोरिया रिसायो



३० जेठ
काठमाडौं
रुस र इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई धोका दिने निश्चितजस्तै भएको बताएका छन । मंगलबार सिंगापुरमा सम्पन्न शिखर वार्ताबारे प्रतिक्रिया दिँदै सहयोगी र मिछेकी रुसले यस्तो प्रतिक्रिया दिएको छ ।
वार्तामा जस्तो सम्झौता भएपनि ट्रम्पले कुनै बेला पनि धोका दिन सक्ने रुसको ठहर छ ।

त्यस्तै इरानसँग गरेको सम्भौता त्यागेको भन्दै ट्रम्पले उत्तर कोरियासँग गरेको सम्झौता पनि तोड्न सक्ने बताएको छ । उसले उत्तर कोरियालाई चनाखो हुन सझाव समेत दिएको छ । उता चीनले भने सम्झौताले उत्तर कोरियालाई राहत पुग्ने बताएको छ । सम्झौताले चीनमाथिको नाकाबन्दी हट्ने चीनले विश्वास लिएको छ ।

वार्तासँग प्रत्यक्ष सरोकार राख्ने दक्षिण कोरियाले दुई देशबीच भएको सम्झौता र शिखरवार्ता शान्ति र एकआपसका सहयोगको लागि नयाँ अध्याय भएको प्रतिक्रिया दिएको छ । तर उसले अमेरिका र आफ्नो देशको संयुक्त सैन्य अभ्यास समाप्त पार्ने अमेरिकी निर्णयप्रति भने आपत्ति जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्