सपनाको देश, अवसरको भूमि, संसारको महाशक्ति अमेरिका (भिडियो)



सैघाली खबर, ३० जेठ।
विश्वमा अमेरिका भनेपछि नचिन्ने सायद कमै होलान् । सबैका लागि अमेरिका एउटा सपनाको देश, अवसरको भूमि, संसारको महाशक्ति, सबै भन्दा धनी अनि विकासमा चरमसिमा नाघेको एक विकसित मुलुक । विदेश भ्रमण होस्, अध्ययनको लागि, काम गर्न अनि व्यापार व्यावसाय गर्न चाहनेहरु, जो कोहीको पनि अमेरिका पहिलो प्राथमिकतामा पर्ने गर्दछ ।

आफ्नो योग्यता, आर्थिक रुपले सम्पन्न र पेशामा दख्खल भएका, ख्यातिप्राप्त खेलाडि तथा कलाकार र विभिन्न निकायका उच्च पदाधिकारी नै किन नहुन, एकपटक अमेरिकाको भूईं टेक्न लालयित नै हुन्छन् । अमेरिकी सरकारले इलोक्ट्रोनिक डि. भी. लोटरी प्रोग्रामबाट बर्षेनी हजारौं नेपालीहरु पनि स्थायीरुपमा बसोबास गर्न पाउने गरी लगिरहेको संख्या धेरै नै ठुलो बन्दै गैरहेको छ । आँट, गाँठ अनि ज्यानको जोखिम मोलेर भएपनी गैर कानुनी बाटो अपनाउँदै मेक्सिको हुँदै अमेरिका छिर्न मरिहत्ते गर्ने नेपालीहरु पनि दिनहुँ बढ्न थालेका छन् ।

अमेरिकामा पुगेका नेपालीहरुले त्यहाँ प्रायजसो पेट्रोल पम्प, सेभेन एलाभेन, रेस्टुरेन्ट्का वेटर, ब्युटी पार्लर, ट्याक्सी चलाउने लगाएतका काम गर्छन् । र पनि यिनिकामहरु गर्दा अमेरिका पुगेका नेपालीहरु खुशी नै छन् । कारण श्रम गरेवापतको उचित पारिश्रमिक पाउछन् । त्यहि काम नेपालमा गर्दा लजाउनेहरु अमेरिका पुगेपछि खुसी–खुशी साथ काममा होमिएका हुन्छन् । किनकि अमेरिका सबैको सपनाको देश हो ।।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्