तुलसीपुरको मासु पसलमा यस्तो भेटियो



 

दाङ ३० जेठ ।तुलसीपुरको मासु पसलमा पुग्दा झिँगा भन्किरहेका थिए ।मासु पसलमा न कुनै तारजालीले नै ढाकिएको थियो । धुलोले कपक्कै ढाकिएको मासु किन्नेको सर्वसाधारणको पनि घुईयो देखिन्यो ।सरसफाईको अभावमा भुईमा राखेर काटिने मासु आफुहरु खान बाध्य भएको सर्व साभधारणले वताएका छन् ।बुधवार बिहान तुलसीपुर उपमहानगरपालिकाले सरोकारवालाहरु सहित गरेको अनुगमनका क्रममा मासु मार्केटको अनुगमन सरसफाई नभएको अनुगनका क्रममा भेटिएको थियो ।

 

त्यस अबसरमा पशु विकास अधिकृत तथा पशु चिकित्सक डा. मनोज वलीले तुलसीपुरको मासु मार्केट स्वास्थ्यको दृष्टिकोणले जोखिम युक्त रहेको बताउँनुभयो । कुनैपनि मासु मार्केट एउटा भेटनरी चिकित्सक अर्थात भेटनरी इनिस्पिेक्टर आवश्यक पर्ने उहाँले वताउँनुभयो ।पुसको बथ पूर्व र काटी सकेपछि त्यो खान उपयुक्त छ कि छैन भन्ने प्रमाणीकरण गरेपछि मात्रै पशु काट्न र बेच्न पाउनुपर्ने व्यवस्था आवश्यक रहेको उहाँले वताउँनुभयो ।त्यस्तै उपभोक्ता हित संरक्षण मंचका केन्द्रीय उपाध्यक्ष केशवकुमार आचार्यले स्वच्छ र सफा बस्तु खान पाउने तथा छनोट गर्न पाउने उपभोक्ताको अधिकारको तुलसीपुर मासुमण्डीले उलंघन गरेको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्