२१ औं विश्वकप आजदेखि



काठमाण्डौ ३१ जेठ।
विश्वकप फुटबल बिहीबार ९आज० रातिदेखि रसियामा भव्यरुपमा सुरु हुँदैछ । फुटबलको महाकुम्भ भनेर चिनिने विश्वकपको उद्घाटनमा विश्वचर्चित सेलिब्रेटीको प्रस्तुतिसँगै ३२ राष्ट्रकै खेलाडी, प्रशिक्षक, अफिसियल तथा अतिथि उपस्थित हुनेछन् ।
आजदेखि करिब एक महिनासम्म चल्ने विश्वकपमा ३२ देश सहभागी हुँदैछन् । ३२ देशबीच ६४ वटा खेल हुनेछन् । खेल लिग कम नकआउटका आधारमा हुनेछ । रुसका विभिन्न १२ वटा रंगशालामा विश्वकप हुँदैछ । जसमा ७३६ जना खेलाडी प्रतिष्पर्धामा उत्रिँदैछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक रसिया र साउदी अरेबिया भिड्दैछन्। खेल मस्को स्थित राष्ट्रिय रंगशाला लुजनेकीमा हुनेछ। फिफा वरियता अनुसार विश्वकपमा सहभागि रसिया सबैभन्दा कमजोर मुलुक हो। तर आयोजक र समर्थकका हिसाबले रसिया फाइदामा रहनेछ। रसिया फिफा वरियतामा ७० औँ स्थानमा छ भने साउदी अरेबिया ६७ औँ स्थानमा छ।

सन् २००८ मा युरोपियन च्याम्पियनसिपको सेमिफाइनलसम्मको यात्रा नै रसियाको फुटबलमा अहिलेसम्मको उपलब्धि हो। रसिया आयोजक राष्ट्रका हैसियतमा मात्र विश्वकप फुटबलमा छनौट भएको हो। साउदी अरेबिया भने यसअघि सन् १९९४ र सन् २००६ को विश्वकपमा समेत सहभागि भैसकेको छ।

यसपटकको विश्वकपको प्रबल दाबेदारो रुपमा ब्राजिल, स्पेन, जर्मनी र फ्रान्सलाई हेरिएको छ। विश्वकप फुटबलको २१औं संस्करण जितेको जर्मनीले फिफा वरियताको शीर्ष स्थानमै रहेर यो विश्वकप पनि सुरू गर्दैछ। अर्जेन्टिना लियोनेल मेसी र युरोपियन च्याम्पियन पोर्चुगल क्रिस्टियानो रोनाल्डोका भरमा प्रतियोगिता जित्ने आशा बोकेर रूस पुगेका छन्।

प्रतियोगितामा एसियाका पाँच, अफ्रिकाका पाँच, उत्तर अमेरिकाका तीन, दक्षिण अमेरिकाका पाँच र युरोपका चौध राष्ट्र सहभागि हुदैँछन्। विश्वकप विजेताले ३८ मिलियन अमेरिकी डलर पुरस्कार पाउनेछन्। त्यस्तै उपविजेताले २८ मिलिनय डलर पाउनेछ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्