मनसुन अझै निष्क्रिय



काठमाडौं,१ असार ।

उपत्यकासहित देशभरी कै मौसम अहिले बदली भएको छ । केही ठाउँमा पानी परिरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार मनसुनी वायु र पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले राति धेरै ठाउँमा पानी परेको हो ।

यसकै प्रभावले आज देशभरी कै मौसम पूर्ण रुपमा खुल्ने संभावना कम छ । एकछिन मौसम खुले पनि फेरि बदली भइ केही ठाउँमा पानी पर्ने उहाँको अनुमान छ । तर अझै पनि झरीको संभावना नरहेको उहाँले जानकारी दिनुभयो । नेपालमा भारत हुँदै मनसुन भित्रिने गर्छ तर भारतमा पनि मनसुन कमजोर रहेकाले नेपालमा पनि सक्रिय हुन नसकेको उहाँको भनाई छ ।

 

मनसुन पूर्ण रुपमा सक्रिय हुन अझै केहि दिन लाग्ने मौसमविद् पौडेलको अनुमान छ । यो वर्ष २ दिन छिटोगरी जुन ८ तारिखमा मनसुन पूर्वी नेपालमा प्रवेश गरे पनि अझै सक्रिय हुन सकेको छैन । सामान्यतया नेपालमा जुन १० तारिखमा मनसुन नेपालमा भित्रने गर्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्