घोराही १८ लाई कागती पकेट बनाउँने तयारी यसबर्ष पाँच हजार कागती रोप्ने



दाङ ४ असार ।   घोराही उपमहानगरपालिका वडा नम्वर १८ले यस बर्ष पाँच हजार कागतीका विरुवा रोप्ने तयारी गरेको छ । वडा नम्वर १८का अध्यक्ष भरत अर्यालले दिएको जानकारी अनुसार वडाका विभिन्न स्थानमा ती विरुवा रोप्न लागिएको हो ।

व्यक्तिलाई व्यवसायिक कागती खेतिमा तर्फ आर्कषित गरि आत्म निर्भर बनाउने उद्देश्यले आफुले यसको थालनी । वडाको मसिना, दिपज्योति टोल, हात्तिखर्क, जोडिगाडा, गिठेपानी, फुर्सेखाली लगायतका स्थानमा कागती खेति गर्न थालेको उनले बताए । गाउँमा सिचाई नहुने जमिनको सहि सदुपयोग गर्न र केही बर्ष भित्रै बजारमा भएको कागतीको आयातदरलाई घटाउन गाउँमा कागती खेतिको अवधारणा आफुले अगाडी सारेको उनले बताए ।

 

यसको लागि सल्यानको एक नर्सरीलाई कागतीको विरुवा तयार पार्नको लागि भनिसकेको उनले बताए । अहिले कागतीको विरुवा तयारी हुने अवस्थामा रहेको हुदा अवको केही दिन भित्र आफुहरुले व्यवसायीक कागती खेतिगर्न चाहानेहरुलाई कागतीको विरुवा वितरण गर्ने उनले बताए । आगामी बर्षहरुमा पनि कागती खेतिलाई प्राथमिकतामा राखिने वडा अध्यक्ष भरत अर्यालले बताए । घोराही उपमहानगरले पनि गत वर्ष वडा नम्वर १८का विभिन्न गाउँमा ४ हजार कागतीको विरुवा रोपेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्