मुम्बई । भारतको महाराष्ट्रका आध्यात्मिक गुरु भय्यु महाराजले मंगलबार सुसाइड नोट लेखेर आफैँलाई गोली हानी आत्महत्या गरेका छन् । परिवारमा सम्पत्ति विवाद देखिएपछि उनले कन्चटमा आफैँले गोली प्रहार गरी आत्महत्या गरेका हुन् ।
५० वर्षीय भय्यू जमिनदार परिवारका थिए । उनले आफ्नो करियर मोडलिङबाट बनाएका थिए । भय्युको अन्तिम संस्कार बुधबार गरिनेछ ।
उनको मृत्युको खबर थाहा पाए लगत्तै उनका समर्थकहरू बम्बै हस्पिटलमा पुगेका थिए । अस्पतालका डा।राहुल पाराशरका अनुसार महाराजको अस्पताल पुर्याउनु आधा घण्टाअगावै उनको मृत्यु भइसकेको थियो ।
महाराजको मृत्युपश्चात दिल्ली प्रहरीले उनको परिवारसँग सोधपोछ गरिरहेको छ । पहिलो पत्नी बितेपछि उनले डेढ वर्षपछि दोस्रो विवाह गरेका थिए ।
पहिलो पत्नी माधवीको नोभेम्बर २०१५ मा पूणेमा निधन भएको थियो । उनी महाराष्ट्रकी औरंगबादकी थिइन् । पहिलो विवाहबाट उनको एउटी १८ वर्षीया छोरी कूहु छिन् । उनी पुणेमा अध्ययनरत छिन् । दोस्रो विवाह ३० अप्रिल २०१७ मा मध्य प्रदेशको शिवपकी डा।आयुषीसँग गरेका थिए ।
उनले महाराष्ट्र र मध्यप्रदेशमा आफ्नो पकड जमाएका थिए । उनले आफू स्वयमलाई ऋणमा डुबाएपछि सन्यासी बनेका थिए । सन्यासपछि उनले सार्वजनिक तथा आध्यात्मिक काम गर्दै आएका थिए । एजेन्सी

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।