इंग्ल्याण्ड, बेल्जियम र स्विडन विजयी



काठमाडौंँ, ५असार । विश्वकप फुटबलअन्तर्गत गएराति भएका खेलमा तीन युरोपेली टोलीहरू९ इंग्ल्याण्ड, बेल्जियम र स्विडन९ विजयी भएका छन्।

इंग्ल्याण्डले ट्युनिसियालाई २९१ ले हराउँदा ह्यारी केनले अन्तिम समयमा गरेको गोल निर्णायक बन्न पुग्यो । इंग्ल्याण्डलाई पहिलो गोल गरेर अग्रता दिलाएका केनले खेल समाप्त हुनुअघि थप गरिएको समयमा चतुर्‍याइँपूर्वक हेड गरेर आफ्नो टोलीलाई जिताएका थिए। फल खेलेकोु दण्डस्वरूप इंग्ल्याण्डविरुद्ध पेनाल्टीमा ट्युनिसियाका फेरजानी सासीले बारबारी गोल गरेका थिए।

सन् २००६ को विश्वकपमा पाराग्वेलाई पारजित गरेयता इंग्ल्याण्डले कुनै पनि ठूला प्रतियोगिताको यो पहिलो खेलमा हात पारेको जित हो।इट्लीमा सन् १९९० मा भएको विश्वकपमा गेरी लिनेकरले क्यामरूनविरुद्ध इंग्ल्याण्डका लागि दुई गोल गरेका थिए।

त्यसयता आफ्नो टोलीका लागि एउटै खेलमा दुई गोल हान्ने केन पहिलो इंग्लिश फुटबल खेलाडी बनेका छन। अब इंग्ल्याण्डले सोमवार भएको खेलमा बेल्जियमसँग ३९० ले पराजित पानामासँग खेल्नेछ। बेल्जियमको जितमा रोमेलु लुकाकुले ६ मिनेटमा दुई गोल हानेका थिए।

विश्व फुटबल वरियतामा ५५ औँ स्थानमा रहेको पानामाले खेलको पहिलो ुहाफुमा बेल्जियमलाई गोलरहित बराबरीमा रोकेको थियो।बेल्जियमले विश्वकप फुटबलका आफ्ना पछिल्ला १० वटा समूह चरणका खेलमा हार व्यहोरेको छैन्। उनीहरूले पाँच वटा खेल जितेका थिए र पाँचवटा बराबरी खेलेका छन्।

बेल्जियमले विश्वकपमा गरेका पछिल्ला ११ गोल खेलको मध्यान्तरपछि दोस्रो हाफ मा भएका छन्। सोमवारकै अर्को खेलमा स्विडनले दक्षिण कोरियालाई १९० गोल अन्तरले हराएको छ। स्विडनले उक्त एक मात्रै गोल पेनाल्टीमार्फत गरेको थियो। एकजना सहायक रेफ्रीले टेलिभिजन रिप्ले हेरेर हस्तक्षेप गरी उक्त मौका स्विडनलाई दिलाएका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्