योग दिवसमा ७७ ओटै जिल्ला सदरमुकाममा सामूहिक योग गराइने



सैघाली खबर, ५ असार ।
चौथो अन्तर्रा्ष्ट्रिय योग दिवसको अवसरमा नेपालमा पनि सबै जिल्लामा योग दिवस मनाइने भएको छ । पतञ्जलि योगपीठ नेपालले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी जुन २१ अर्थात् यही असार ७ गते अन्तर्रा्ष्ट्रिय योग दिवसको अवसरमा बिहान ६ बजेदेखि ८ बजेसम्म ७७ जिल्ला सदरमुकामहरुमा सामूहिक योग गराइने जनाएको हो ।

योगपीठका ट्रष्टी शालिग्राम सिंहले सो दिन काठमाडौंको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा योगाभ्यास गराइने जानकारी दिए । सभामुख कृष्णबहादुर महरा प्रमुख अतिथि रहने सो कार्यक्रममा मन्त्रीहरु, विभिन्न दलका नेता र उच्च अधिकृतहरु सहभागी हुने जनाइएको छ । पत्रकार सम्मेलनमा भारतीय राजदूत मन्जिभसिंह पुरीले योगले नेपाललगायत विश्वलाई जोड्ने धारणा राखे ।

कार्यक्रमका संयोजक ज्ञानेन्द्रविक्रम महतले पूर्वीय दर्शन योगमार्फत् जीवनशैलीमा सकरात्मक परिवर्तन गर्नुपर्नेमा जोड दिए । सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको समर्थनमा जुन २१ तारिखलाई अन्तर्रा्ष्ट्रिय योग दिवसकारुपमा मनाउने घोषणा गरिएको थियो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्