दाङमा अविरल वर्षातका कारण जनजिवन प्रभावित



अमिता चौधरी
दाङ,असार २१

 

तिन दिन देखि दाङमा अविरल वर्षात सुरु भएको छ । दाङका प्राय जसो सबै क्षेत्रमाहरुमा वर्षात जारी रहेकाले दाङका सबै खोलानालाहरुमा पानीको बहाप बढ्न सुरु भएको हो ।
वर्षातका कारण सवारी आवत जावतमा समस्या देखिन थालेको छ ।
जिल्लाको घोराही, लमही तथा तुल्सीपुर सडकमा पक्की पुल नभएको तथा निमार्णाधिन पुलका कारण पनि सवारी आवागमनमा समस्या परेको प्रहरीले बताएको छ ।

निरन्तर वर्षातका कारण बबई नदि,राप्ती नदिमा पानीको बहाप बढ्न थालेपछि जिल्ला दैविक प्रकोप उद्धार समितीका संयोजक एंवम प्रमुख जिल्ला अधिकारी मेघनाथ काप्लेले बबई नदि,राप्ती नदिमा पानीको सतह बढ्न थालेपछि त्यस्ता जोखिमयुक्त क्षेत्रहरु लाई सुचना जारी गरी सचेतना अपनाउन आग्रह गर्नुभएको छ । जल तथा मौसम विज्ञान फिल्ड कार्यलका अनुुसार केहि दिन अधि बाट बर्षात भएको जनाएको छ । पश्चिम बायु सरु भई नेपालमा भित्रीएका कारण अझै एक साता सम्म निरन्तर बर्षात भैरहने जनाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्